उनको विचित्रता                                                        (Her Oddity: Nepali Version )                                     
रसिला ति नयन पछाडि
                                                      
बिस्तारै  उठ्दै गरेको
त्यो ठुलो आँधी
            
देख्छु म
निराश त्यो मुहार पछाडि
जीवनको सुन्दर आशा
मोक्षको एक खोज
देख्छु म
लुकाउँछिन् उनि आफुलाई घुम्टोभित्र
र रुन्छिन् सुक्क सुक्क गरेर
तिव्र वेदना लम्पसार पर्छ आँखै भरि उनका
टिलपिल टिलपिल आँसु भरेर
यद्यपि
मुस्कुराउँछिन् म तिर हेरेर उनि
तर खुलाउँदिनन् आफ्नो मन
छल्न
खोज्छिन् मलाई उनि
गुन्गुनाउँछिन् उल्लासका धुन
गुन्गुनाउँछिन् उल्लासका धुन
| 
   
मुस्कुराउँछु म
  पनि 
हेर्छु एक् टक लगाएर गाड्छु आफ्ना नजर घबराउँछिन् उनि दौडाउँछिन् उनि नजर अन्तै तिर नागबेली चालमा अघि बढ्छ गोरेटो 
घना वनजङ्गल् चिर्दै 
हिड्छौँ  हामी सँगै सँगै  
एक अर्काको आड लाग्दै 
पारि क्षितिजमा
  डुब्छ घाम 
उघार्छिन् पर्दा
  मनको उनि 
र पोख्छिन् गुम्सिएका भावहरु सन्ध्याकाल माझ एक एक गरी त्यस्पश्चात् घेरिन्छे जुन ताराहरुले असङ्ख्य ति आकाशभरि विलिन हुन्छौँ सन्सारबाट हराउँछौँ, बिलाउँछौँ एक अर्कामा नै 
आनन्दको एक पल त्यो 
मोक्षको एक क्षण 
Her Oddity :  | 
 
No comments:
Post a Comment